ANKHAA……………………

चेतनाको नाडी छाम्नेअनुभूतिलाई छुनेआँखा !
दिलको गहिराई सम्म पुग्ने मनको मयल धुनेआँखा !
प्रणयको भाषा बोकी एकोहोरो ताक्ने आँखा !
रुने हास्ने एकार्काको समर्पणलाइ नाप्नेआँखा !

अन्तर्मनमा घाउ बोकी तीर बनेर घोच्ने आँखा !
झील जस्तो शान्ति भित्र दिलको तूफान रोक्नेआँखा !
बिरह र बिछोडमा आँसु बनी बोल्ने आँखा !
निराशाको शून्यतामा स्वैरकल्पना बोक्ने आँखा !

अज्ञानताको अन्धकारमा ज्ञानलाई रोज्ने आँखा !
ज्योति बाली अध्यारोमा उज्यालोलाई खोज्ने आँखा !
संसारको अन्तर्द्वन्द आफूभित्रै छोप्ने आँखा !
सुख दुख सबका कथा सधै भरी बोक्ने आँखा !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s