Haardaa Pani Jiteko Anubhav Bhaye Timilaai……………………………….

हार्दा पनि जितेको अनुभव भए तिमीलाई !
आउ मसंग जित्न हारिदिन तयार छु !

बन्धन र बाध्यताको डोरी चुडाली आउछौ ?
नियम र नियतीको दाम्लो चुडाई आउछौ ?
आफ्नो लडाई आफै लडछु भनेर आउछौ ?
आउ म संग लड्न हारिदिन तयार छु !

ममता र मातृत्वको गन्थन त्यागेर आउछौ ?
विभेद र बन्चितिको फरियाद छोडेर आउछौ ?
भिक्षुक नठानी आफुलाई दाता भएर आउछौ ?
आउ म संग लड्न हारिदिन तैयार छु !

इतिहास र वर्तमानको मुद्दा छोडेर आउछौ ?
क्षमता र दुर्बलताको अर्थ सम्झेर आउछौ ?
धम्काई र घुर्काइको परिवेश छोडेर आउछौ ?
आउ म संग लड्न हारिदिन तैयार छु !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s