प्यास गहिरो छ
आस अधुरो छ
मद्होसी भन्दा पहिले खुमारीको खोज छ
अर्ध चेतन खुमारी दुवै लोकको संघारमा छ
चिन्छ आफुलाई तर पराइ भएर
अनि पराइलाई आफु भएर हेर्छ !
चेतना सुतेको मद्होसी आफैलाई चिन्दैन
होस् हराए पछि अनि मद्होस हुनु अघि
खुमारी दौडिन्छ नसा नसामा
केही खान सक्दैन स्वाद सबैको पाउछ
केही भोग्न सक्दैन मोज सबैको लिन्छ
मधुशालाको तरंगमा खुमारीको रंगमा
दिनकोअन्तिम प्रहरदेखि रात्रीको पहिलो प्रहरसम्म
संकिन्छ बेसुमार मिठो मिठो खुमार,अनि
खुमारीको आँखाले कुमारीको यौवन छिचोल्छ
प्यास गहिरो छ
आस अधुरो छ
मद्होसी भन्दा पहिले खुमारीको खोज छ