यो रात न तिम्रो न जूनको
छरपस्ट माया पोख्ने
यो आकास आज उनको
तुलना गर्थे म तिम्रो
सधै शान्त आकास संग
रमझम पिएपछि अब
तुलना छैन उनको
जीवन सधैं म ठान्थें
धर्ती र आकास बीच छ
न आकास रह्यो न धर्ती
एकछत्र राज भो उनको
प्रकास र चाँदनीमा
बाच्नुको अर्थ खोज्थें
प्यासै रहेछु थाहभो
भिज्दैछु प्यारमा उनको
यो रात तिम्रो न जूनको
छरपस्ट ……………….