मैले पिएका आँसु सबै तिम्रो आँखाबाट झरेपछि,
अर्को जनम हुन्छ भनेर बिश्वास गरौला मरेपछि !
मेरो मुटुको मरुभूमीमा तिम्रो मृगतृष्णा दौडेपछि,
कर्मफलमा बिश्वास गरौला तिमीले निश्वास छोडेपछि !
निष्ठुरी हौ थाहा थियो बिश्वास आभास भएन,
प्रीति भन्दै धोका दिने तिम्रो रीति थाहा भएन !
सागरमा पनि नअटाउने बिश्वासको मेरो आकास लिएर,
भागी जाने बैगुनीले आकास खसाउल्ने थाहा भएन !
संसारको घाम र छाया नौलो थिएन मेरो लागि,
सुख दुखको लुका मारी बिरानो थिएन मेरो लागि !
यो छातीको पीडा तिम्रो छाती भित्र सरेपछि !
दैवी न्यायमा बिश्वास गरौला तिमी धोकामा परेपछि !