यो आकास तिमी बिछाऊ म हिमाल सिरानी लिन्छु !
झुकिदेउ तिमी म माथि तिमीलाई म साथ दिन्छु !
तिमी रात ओढ्न सक्छौ
खुमचिंदा म हिउँमा
तिमी भित्र अट्न खोज्छु
बादल हटाउने निहुमा
यो आकास तिमी बिछाऊ म हिमाल सिरानी लिन्छु !
झुकिदेउ तिमी म माथि तिमीलाई म साथ दिन्छु !
हावा भरेको प्रश्वास
मलाई देउ संगाली
स्वासले म जम्न खोज्छु
तताउ मलाइ अंगाली
यो आकास तिमी बिछाऊ म हिमाल सिरानी लिन्छु !
झुकिदेउ तिमी म माथि तिमीलाई म साथ दिन्छु !
हिमाल पग्लिन्छ बिहान
सूर्यको किरण ओढेर
तिमी आफ्नो ओढ्ने फ्यांक
द्रवित गरी मलाइ