ज्ञान घोले पछि
ध्यान खोले पछि
भन्छन पीडा हुदैन
बुद्ध बोले पछि !
चट्टान टुटे पछि
मूल फुटे पछि
भन्छन तृष्णा हुदैन
बुद्ध बोले पछि !
मन निदाए पछि
शान्ति छाए पछि
भन्छन उन्माद हुदैन
बुद्ध बोलेपछि !
सूर्य डुबे पछि
चन्द्र छाए पछि
भन्छन जलन हुदैन
बुद्ध बोलेपछि !
तारा झरेपछि
रात सरे पछि
भन्छन भ्रान्ति हुदैन
बुद्ध बोलेपछि !
चित्त बुझेपछि
भित्र खुलेपछि
भन्छन मृत्यु हुदैन
बुद्ध बोलेपछि !