मायाको आँचमा यौवन गलिरहेछ, तनमन जलिरहेछ !
तिमी भित्रको ढुकढुकिले मेरो मुटु चलिरहेछ !
तिमी मागेर हेर सर्बस्व राखिदिन्छु म !
तिम्रो नाउमा सारा उमेर भाकिदिन्छु म !
मायाले तिम्रो घाम र पानी जस्तै मलाइ छलिरहेछ!
मायाको ……………………………………..
तिमी भित्रको …………………………………
आँखा जुधाई हेर नानीमा मधुमास छ !
अधर छोएर हेर जीवनभरिको प्यास छ !
यौटा तृष्णा उन्मादको मभित्र चलिरहेछ !
मायाको …………………………………
तिमी भित्रको ……………………………….