Yautaa Naam Patak Patak……………………………..

एउटा नाम पटक पटक उपहार लिएर आउछ,
किताबमा जीवनको उपकार भरेर जान्छ !
एउटा याद पटक पटक संसार लिएर आउछ,
अभिशप्त यो जीवनको सन्ताप लिएर जान्छ !

कुन दैवको दया हो कुन देवको कृपा हो,
कुन दानको हो पुण्य कुन प्रेमको कथा हो !
पदचाप यौटा कसैको हर छाप बोकेर आउछ,
नमिलेको हिसाब जीवनको सब पास गरेर जान्छ !

किन भाग्य भो दयालु किन नियती खुसि भो,
किन बर्सियो आशिर्वाद दुर्दिन यो सुदिन भो !
यौटा हात पटक पटक प्रसाद लिएर आउछ,
खुसिमात्र छाडी केवल अवसाद लिएर जान्छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s