नझर्नु है फुलेपछि फक्रिएर खुलेपछि,
नभाचिनु बढे पछि हाँगा पात झुलेपछि !
न आत्तिनु चढेपछि लड्न भिड्न खोजेपछि,
नामात्तिनु पुगेपछि शिखरतर्फ बढेपछि !
ठुलो हुन्छ आत्मबोध प्राप्ति ठूलो हुदै होइन,
परिवर्तन ठुलो हुन्छ क्रान्ति ठुलो हुदै होइन !
बोक्न सक्ने रुख ठुलो फल ठुलो हुदै होइन,
नियतिको चाल ठुलो काल ठुलो हुदै होइन !
नजरको दिशा राम्रो हेराइ राम्रो कहाँ हुन्छ ,
बैंसालुको बैंस राम्रो रुप राम्रो कहा हुन्छ !
एकान्तको शान्ति राम्रो ठाउँ राम्रो कहाँ हुन्छ ,
प्रेयसीको प्रीत राम्रो जीत राम्रो कहा हुन्छ !