Pawitrtaako Bhaashaa Nischhal Aankhaa Gaheeraa …………………………….

पवित्रताको भाषा निस्छल आँखा गहिरा,
मोनालिसाको मुस्कान निर्दोष हेराइ पिएर !
तिम्रा कलीलाओठको कम्पनलाइ थिचेर,
कसरी म भोग्न सक्छु निर्दोष यौवन किनेर ?

नगरबधुको तिम्रो लिवास भित्र अछुतो,
तिम्रो बदनको खुश्बू महाकिरहेछ यस्तो !
होला कति त्यो दीलकोअन्तर अहिले रोएको,
कसरी म भन्न सक्छु सब मूल्य हो तिरेको !

खुमारीको जालो पारी जति म देख्न सक्छु,
साक्षी राखेर तिमीलाई यति म लेख्न सक्छु !
तिम्रो सतित्व अहिले संकटमा छ परेको,
किनबेच गर्ने त्यसलाई मेरो आत्मा छ मरेको !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s