रंगले पो रंगीन हुन्छ रंगाएर कहा हुन्छ,
ढंगले पो प्रविण हुन्छ बोलाएर कहा हुन्छ !
मौलिकताले नवीन हुन्छ बनाएर कहा हुन्छ,
चेतनाले जीवन दिन्छ सास फेरेर कहा हुन्छ !
तत्व कस्तो स्वत्व कसको अनुभूतिले बोल्नु पर्छ,
आत्मज्ञानको प्रकाशले बन्द ढोका खोल्नु पर्छ !
अन्तर्मनको सिंहासनमा बस्ने राजा रोज्नु पर्छ,
अनन्त र अविनाशी अस्तित्वलाई खोज्नु पर्छ !
ब्रम्हाण्डको अधारसंग बार बार रम्नु पर्छ,
आंच माथि अज्ञानको अहम आफैं गल्नु पर्छ !
एकाग्रभै आफुलाई आफैं भित्र खोज्नु पर्छ,
यथार्थलाई पटक पटक निर्विकार भै भोग्नु पर्छ !