Aaj Pani Dinai Ta Ho……………………

आज पनि दिनै त हो त्यो पनि त दिन थियो,
आज सूर्य डुबेको छ त्यो दिन घमाइलो थियो!
पाखा ढाक्ने गुराँस फूलमा सौन्दर्यमा आभा थियो,
तुवालोले अन्धकारमा त्यो आभालाई ढाकी दियो !

दैब हरे आँखा लाग्यो गीतबाट भाखा भाग्यो,
नाच्न खोज्दा रमाइलोमा समयले बिदा माग्यो !
गीत भित्र भाखा छैन गुरास फुल्ने पाखा छैन,
तन्द्रा जस्तो निन्द्रा लाग्छ मनभित्र चयन छैन !

उकालीको चौतारीमा बरपीपल रोप्नुपर्छ,
आफ्नो भाग्य आफ्नै कर्म निधारमा कोर्नुपर्छ !
कुटो चलाई उत्साहले मनको बारी गोड्नु पर्छ,
ढकमक छातिभरी फेरी गुराँस रोप्नुपर्छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s