भेटिन कोही मैले मनले चिताए जस्तो,
आँखा भरी उसकै तस्विर सजाउँ जस्तो !
मनको फूलबारी हेर उजाड भयो सुकेर,
तिमी फूलीदेउन यसमा झकास झकास भएर !
हावा बहन्छ तातो मौसम भयो बिचित्र,
यो दिलमा टाँग्ने खालको पाइन मैले चित्र !
प्रतिक्षामा टोलाउदा नयन थाके दुखेर,
तिमि आइदेउन छिटो झकास झकास भएर !
हिउद्को सिरेटो बहन्छ डांडा माथि !
साथमा भने सबै छन कोही छैन दीलको साथि !
कसले ब्यथा ई सुन्छ छातीमा टांसीएर,
तिमि पक्डी देउ यो छाती झकास झकास भएर !