जाली रैछौ तिमी मन बोकी फुर्र उडाउने,
डन रैछौ तिमी बाटो रोकी आँखा जुधाउने !
नकच्चरो बानी रैछ धावा बोल्ने पराइ माथि,
हावा जस्तो बोली रैछ सबलाई भन्छौ तिम्रै साथि !
गफाडी छौ तिमी एकै छिनमा संसार देखाउने,
खेलाडी छौ तिमी मिठो बोली शहर घुमाउने !
मिठो बोल्छौ तिमी भुलाएर मनै पगाल्ने,
झुठो बोल्छौ तिमी लान्छु भनी लादै नलाने !