खाडी तिर पुग्यौ कि मलेसियामा पो छौ कि,
फेसबुकमा फोटो यौटा पोस्ट गर्न पो भुल्यौ कि !
आफ्नै नजरको सामु पाउँथे दिनै नबिराई,
कहाँ पुग्यौ प्रियतम छोडी जन्मभूमीलाई !
रीनपान कुनै थियो कि दुख दर्दमा पर्यौ कि,
उद्देश्य केहि ठुलो मनमा तिमीले लियौ कि !
साँझ बिहान आमा बोलाउदथ्यौ मलाइ !
कहाँ पुग्यौ हे बाबु छोडी जन्मभूमिलाई !
रिसाई हामीसंगआजकाल अन्तै भुल्यौ कि,
गतिलो काम पाएर घमण्डले फ़ुल्यौ कि !
क्षण ती संगै डुलेका याद आउछ हामीलाई,
कहाँ पुग्यौ हे मित्र छोडी जन्म्भूमीलाई !