Kati Jhuth Bolnu Parne………………………….

कति झूठ बोल्नु पर्ने कति पोल खोल्नु पर्ने,
आबस्यक भन्दा बाहेक अरु बाकि गर्नु पर्ने !
आफु छौं केन्द्रस्थलमा अरु बाँकी केही होइन,
छाति छोएर सोचौं यो राष्ट्र हाम्रो होइन ?

तर्क बितर्क गर्छौं सतर्क कोही हुदैनौं,
फाइदा सदैबआफ्नो पहिल्याउन पछि छैनौं !
रति मात्र आफ्नो दम्भ छोड्ने तयारि छैन,
छाति छोएर सोचौं यो राष्ट्र हाम्रो होइन ?

भेला भएर छलफल बार बार गर्नु पर्ने,
केहि आफुले दिएर केहि लिन सक्नु पर्ने !
कदम मिलाई एकसाथ हिड्ने बेला भएन,
छाति छोएर सोचौं यो राष्ट्र हाम्रो होइन ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s