को भन्न सक्छ मेरो माया ठुलो या तिम्रो,
गुनको गुनिलो भाखा राम्रो छ कि बैगुनको !
माया गरी रहेर के गुन लगाएँ तिमीलाई,
तितै भए नी धोका साथि भयो जीवनको !
सुटुक्क आइ दिलमा जब घर बनायौ तिमीले,
बिर्सुं भने नी कहिल्यै बिर्सिनसक्नु पार्यौ !
तिम्रो याद संगै बोकेर के याद गराएँ तिमीलाई,
रित्तै भए नी बिछोड साथि भयो जीवनको !
ती आँखाले बोलेका बचन यो छातीमा छन्,
ती हातका स्पर्श सम्झेर काप्छ यो मन !
तिम्रो नाम केवल जपेर के धुन बनाएँ मैले,
बिरही भए नी त्यो गीत साथि भयो जीवनको !