यसरि नआउ सुटुक्क धड्कन मुटुको हराउला,
नथाम हात अनायास समाज त्यो कराउला !
बुझेर बुझ पचाउने समय भएको छैन,
तिमि मेरो लागि हैन म तिम्रो लायक छैन !
पोखरीको माझबाट हिलो हटेको छैन,
आकासमा कालो बादल अझै छ्टेको छैन !
आँखामा तिम्रो हेरी बाच्ने अधार भएन,
तिमी मेरो लागि हैन म तिम्रो लायक छैन !
ढोका खुले मन्दिरका द्वार खुले अमीरका,
अक्षर पनि मिल्न थाले अंग एक हुन् शरीरका !
दलित शब्द यौटा बिधान बाटै हटेन,
तिमी मेरो लागि हैन म तिम्रो लायक छैन !