स्त्री- संगालेर राख्छु है त अँजुली भरी म माया,
मधुरातमा आउनु है त अर्पण गरौंला त्यहाँ !
पुरुष-तिमी छातीमा लजाउनु घुम्टो उघार्न खोज्दा,
म काखमै निदाउछु तिमीले नियाली हेर्दा !
स्त्री- उपहार लिएर आउनु जनम जनम नभुल्ने,
सुटुक्क दिन्छु चिनो अरु सामुमा नखुल्ने !
पुरुष -तिम्रा लजालु आँखा मदमस्त भै म पिउछु,
त्यसैको याद बोकेर बाँकी जीवन म जिउंछु !
स्त्री – पूर्णेको पूर्ण चन्द्र झ्यालपारी बस्ने होला,
लाजले म पानी हुन्छु जुनले चिहाको बेला !
पुरुष – जब जगले हाम्रो नाता स्वीकार गरेको हुन्छ,
अरुको के अर्थ हुन्छ जब प्रेममा प्रेमी भुल्छ !
स्त्री – मनभित्र गुम्सिएका भावना सबै साटेर,
सपनामा रम्नु पर्ला तिम्रो छातीमा लुकेर !
पुरुष – आफ्ना अधरले छोप्नु प्रणय निबेदन गर्दा,
नरोक्नु है मलाइ बाहुपासमा समेट्दा !