तिमी आफ्नो फूल फुलाउ

नभए तिमी रगतको एक एक थोपाभित्र,
तन मात्र फुर्किदैन मनमा नभए त्यो चित्र !
किन आसुमा झरेको हासोमा रम्न आऊ,
मनको सुरम्य बागमा तिमी आफ्नो फूल फुलाउ !

नभए तिमी यो स्वासको एक एक तानभित्र,
झंकार त्यसै हुदैन नचलाई वाद्ययन्त्र !
ओझेल किन परेको उज्यालोमा नाच्न आऊ,
मनको सुरम्य बागमा तिमी आफ्नो फूल फुलाउ !

नभए तिमी मुटुको एक एक चालभित्र,
धक धक त्यसै हुदैन लय बोकी यो बिचित्र !
किन अन्तरमा लुकेको प्रकट भएर आऊ,
मनको सुरम्य बागमा तिमी आफ्नो फूल फुलाउ !

1 thought on “तिमी आफ्नो फूल फुलाउ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s