कहीं टाढा एकान्तमा अत्याचार भएको बेला,
सुनसान रातमा घर घर व्यभिचार भएको बेला !
हाम्रो क्रान्तिकारी आवाज कता पसेर लुक्छ ?
जहाँ आफ्नो स्वार्थ पुग्छ त्यहीं गएर झुक्छ !
पहिलेको आफ्नै बोली अरुले बोले अपाच्य.
हिजो जे थियो असत्य आज त्यै भएछ सत्य !
हाम्रो कडा आवाज बेला हेरी किन सुक्छ ?
जहाँ आफ्नो स्वार्थ पुग्छ त्यहीं गएर झुक्छ !
काहाँ काटी काहाँ जोड्ने जिद्दी छ आफ्ना आफ्नै,
खण्ड अखण्ड के हो परिभाषा आफ्ना आफ्नै !
हाम्रो न्याय अरुको बली चढ्दा मात्र हाँस्छ,
जहाँ आफ्नो स्वार्थ पुग्छ त्यहीं गएर झुक्छ !