पोखिएको मन यो मेरो तिम्रो पोल्टामा परेछ,
आधार पाएर तिम्रो मुटु भित्र नै सरेछ !
के राम्रो लाग्यो तिमीलाई बिन्दास मेरो दिल यो,
फेरी त्यसमै सर्न सक्छ जसले यसलाई रिझायो !
कहिले मातिन सक्छ कहिले तातिन सक्छ,
अनायास एकान्तमा त्यसै आतिन सक्छ !
कहिले आफूमै हरायो कहिले साथीमा रमायो,
त्यसैलाई माया गर्छ जसले यसलाई रिझायो !
आधार खोज्न सक्छ अनि प्यार माग्न सक्छ,
गुणिको गुण देखेर त्यसमै भुलिन सक्छ !
हराउन सक्छ त्यस्मैं जसले प्रेमले समायो,
त्यसैको लागी मर्छ जसले यसलाई रिझायो !