मन भित्र देश छ भने पांच प्रदेशमा आऊ !

बाड़ेर खान मिल्छ मागेर चैं नखानु,
अचानो बन्न मिल्छ हतियार आफैं नउठाउ !
बिबेक प्रयोग गरेर बोल्दा बिद्रोही भने ठिकै छ,
बिद्रोह गर्नु पर्ने कारण यहाँ निकै छ !

योग्यता ठुलो हो या अयोग्य लाइ आरक्षण,
अबसर को खोजि ठुलो या सुर मिलाउनेको गण !
बिशेषता बढाउ निषेध कसैलाई नगरी,
सबै फूल फुलाउ सबलाई मलजल गरी !

यो कस्तो माग तिम्रो भाग मात्र खोजी हिड्ने,
अर्काको केहि नसुन्ने आफूमात्र बोली भिड्ने
केहीले तिमीलाई पुगेन अब आफैं तिमि बनाउ
मन भित्र देश छ भने पांच प्रदेशमा आऊ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s