अधरको लाली मेरो कसैले चोरेको रैछ,
उघारी मनको ढोका एउटा चोर पसेको रैछ!
बेचैन भएँ किन हो मेरो मन त्यसै डरायो,
कुमारीको दिल चोरेर”दिलचोर”कता हरायो!
सपनामा रम्न खोज्छु सपना चोरेर भाग्छ,
एकान्तमा भुल्न खोज्छु कल्पनाको बाटो छिर्छ !
बेइमानीको हात परेर मेरो मन त्यसै टोलायो,
कुमारीको दिल चोरेर”दिलचोर”कता हरायो!
संगीसँग भुल्न खोज्छु पछाडि लागेर नाच्छ, ,
भिडमा हराउन खोज्छु कही छेउ आएर हास्छ!
भागेर लुक्न खोज्दा मेरो हात त्यसै समायो,
कुमारीको दिल चोरेर”दिलचोर”कता हरायो!