मन मस्त भो रमेर आनन्दले झुमेर

एकान्तमा बसेर तिमीसंग अङ्गालोमा,
रातको पहिलो प्रहरमा शितल पवन लहरमा!
बांधिएर हांस्न पाउंदा एक अर्कामा रमाउंदा,
मन मस्त भो रमेर आनन्दले झुमेर !

सागरको छालसंग पैंचो मागी तरंग,
जीवन जिउने रहरमा सपनाको शहरमा !
तारा गनेर माथि जुनलाइ बनाइ साथी,
मन मस्त भो रमेर आनन्दले झुमेर !

अधर अधर छोएर अंग अंग सब चुमेर,
आँखामा आंखा जोडी इश्वरलाइ भाकी !
स्वप्निल संसारमा पहिलो पाइला राखी,
मन मस्त भो रमेर आनन्दले झुमेर !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s