सपनाको मान्छे मेरो अहिले तिमी कहा छौ,
आतुर मन छ मेरो तिम्रो दर्सनलाई जहा छौ !
स्पर्शको चाहना छ नियतिमा छ कि छैन,
अनुभुति यति रमाइलो छ कति सुख हुदो हो भोग्न !
पुरुषर्थ त्यो देखाई अन्तरमा क्रान्ति ल्याउछौ,
कहिले शान्तिमा बोलाउछौ कहिले भावले सताउछौ !
पौरुष मात्र होइन प्रेमको उत्कर्श तिम्रो बुझ्न,
अनुभुति यति रमाइलो छ कति सुख हुदो हो भोग्न !
थाहै भएन कहिले मनमा प्रवेश पायौ,
जब आफ्नो रुप देखायौ मनमा तरङ्ग ल्यायौ !
गार्हो हुदैछ झन झन तरङ्ग त्यो छिचोल्न,
अनुभुति यति रमाइलो छ कति सुख हुदो हो भोग्न !