प्रत्येक क्षण तिमीसँग उपहार हो प्रिये,
तिम्रो निषेध मेरो प्रेमको हार हो प्रिये !
नभन अब कहिल्यै तिम्रो द्वार खुल्दैन भनेर,
प्रतिक्षामा बिताइ दिन्छु जीवन तारा गनेर !
सब सुख जीवनमा बेकार हो प्रिये,
तिमी नभाको स्थान अन्धकार हो प्रिये !
नभनिदेउ मेरो समर्पण केहि होइन भनेर,
प्रतिक्षामा बिताइदिन्छु जीवन तारा गनेर !
धन संपति सबअभिशाप हो प्रिये,
यदि त्यस्ले बाधा पुग्छ मिलनमा प्रिये !
खान सक्छु हर कसम सब देव भाकेर,
प्रतिक्षामा बिताइदिन्छु जीवन तारा गनेर !