परिधिमा आफ्नो वरपर उषाको लाली छर्दै,
तरुणीको सपनाभित्र मिलनको क्षणलाई चिर्दै!
यो शान्त बिहानीको निद्रालाई खल्बलायौ,
आभा लिएर आफ्नो डाँडा पारी सल्बलायौ!
बिहानीसँग रातले बिदा हुन आट्दा आट्दै,
ताराहरु फिकाभै टाढा हुन खोज्दा खोज्दै!
आकाशको छाती फोरी उज्यालो जसै निम्त्यायौ,
आभा लिएर आफ्नो डाँडा पारी सल्बलायौ!
तिम्रो छबी चोरेर रगिन भयो तलाउ,
तिम्रो किरण लिएर धर्ती भन्छ नाच्न आउ!
प्रकृतिको आगनिमा झुल्के घाम लिई उदायौ,
आभा लिएर आफ्नो डाँडा पारी सल्बलायौ!