सुन्दरी तिम्रो मुहारमा मन यो कती भुलेको,
सजावट बिनानै तिम्रो सुन्दरता छ खुलेको!
रहर छ भित्री मनमा सजाएर हेर्ने तिमीलाई,
अनुभूतिको उत्कर्शमा महसूस गर्ने तिमीलाई!
प्रेयसी तिम्रो अधरमा मन यो कती भुलेको,
शृङगार बिनानै तिम्रो मुहार कती खुलेको!
रहर छ भित्री मनमा सृङगारमा हेर्ने तिमीलाई,
अनुभूतिको उत्कर्शमा महसूस गर्ने तिमीलाई!
रुपसी तिम्रो बदनमा मन यो कती भुलेको,
गहना बिनानै तिम्रो यौवन कती खुलेको !
रहर छ भित्री मनमा गहनामा हेर्ने तिमीलाई,
अनुभूतिको उत्कर्शमा महसूस गर्ने तिमीलाई!