आफुलाई थाम्न आफ्नै दिलले सकेन भन्देउ,
झुठो कसम खाएर मेरो प्रेम रहेन भन्देउ!
आखाको डिलामा आसु लिई बिदाको क्षणमा,
फर्की फर्की मलाई हेरेको होइन भन्देउ!
आघात सहेर यत्रो प्रतिघातमा मन गएन,
बिवस पाएर आफुलाई मुटुभित्र क्यै दुखेन!
खुशी रहेको अभिनय केवल एक्पल्ट गर्देउ,
फर्की फर्की मलाई हेरेको होइन भन्देउ!
घाउ छैनअहिले मनमा खाटा पनि बसेन,
मायाको यो ब्यापारमा घाटा पनि भएन!
मेरो बिनम्र बिन्ती अन्तिम पटक यो सुन्देउ,
फर्की फर्की मलाई हेरेको होइन भन्देउ !