आशा भरोसा तिमीसंग मर्नु बाच्नु तिमी संग
जीवन मरणको दोसाध भरिनै मेरो जीवन तिमीसंग
साथ हिंड्नु साथ छुट्नु अब हुने हो तिमी संग
प्रश्न सोध्नु उत्तर दिनु सवाल जवाफ सब तिमीसंग
रोप्नु काट्नु सिन्चन गर्नु बाली लगाउनु तिमीसंग
साच्नु भोग्नु बाँकी राख्नु हिसाब किताब छ तिमीसंग
कतै अग्लो कतै होचो उतार चढाव अब तिमीसँग
सागर हिमाल झुक्नु बोक्नु मिलन हुने हो तिमीसंग
कथा हाल्नु पत्याउनु विश्वाश अबिश्वास तिमीसंग
नयाँ पुरानो रङ बेरङको सपना बिपना तिमीसंग