मुटुको ढुकढुकीको आधार सँगै बोकेर,
अन्तर भरीको आफनो माया सबै पोखेर!
मुसकाई जसै मतिर हेरेर ओठ खोल्यौ,
मनसँग मनको नाता के हो भनेर सोध्यौ !
जवाफ थिएन मनमा आवाज़नै खुलेन,
संबंधको यथार्थ आफु भित्रनै सुझेन !
मनको भावना बुझ्न मनकै भाषामा बोल्यौ,
मनसँग मनको नाता के हो भनेर सोध्यौ !
भावनाको ज्वार झेल्दै सपनाको द्वार ठेल्दै,
पिरतीको सागर भित्र मायाको सिपि खोज्दै !
खुमारीमा मस्त आफ्ना नयन ति दुइ खोल्यौ,
मनसँग मनको नाता के हो भनेर सोध्यौ!