प्रेम तिमि कन्च​न​ छौ

प्रेम तिमि कन्च​न​ छौ ,निर्म​ल​ छौ

ब​स​न्त​को बिहानिको हिमाल​ज​स्तै
सुन्द​र​ छौ सुघ्घ​र​ छौ
प​रिधान​ बिना आफ्नै स्व​रुप​मा
स्थिर छौ शान्त छौ !

प्रेम तिम्रो अस्तित्व​ भित्र​
ध​र्म​ छ म​र्म छ
अन्त​र​मा कहि तिम्रो लुकेको
आफ्नै अछुतो कौमार्य​ छ​ !

प्राप्ति हौ तिमि योगिको
म्रिग​ म​रिचिका भोगिको
आशा बिनाको निर्लिप्त​ता
तिम्रो अस​लि स्व​रुप हो

छाति भित्र​ ध​ड्किन्छौ
र​क्त न​लिमा फ​ड्किन्छौ
स्रिश्टिको शिव स्व​रुपमा
कैलास​मा ब​सि मुस्काउछौ

प्रेम तिमि कन्च​न छौ निर्म​ल छौ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s