चौतारीमा भेट भएथ्यो
बर पीपलको गेट भएथ्यो
निलो आकास सेट भएथ्यो
दिलनै दिलको रेट भएथ्यो !
नाफा घाटा थाहा भएन
मोल मोलाइको चाह भएन
एकै छिनको ढिला सुस्ती
अन्तरमनले अरु सहेन !
चौतारीमा भेट भएथ्यो …………
मिलनको चाह हाम्रो
समरपण भो अथाह हाम्रो
प्रीतको छाल रोकिएन
मनको रिण बोकिएन !
चौतारीमा भेट भएथ्यो ……………
हेराइले प्यास मेटिएन
अर्को रस कुनै भेटिएन
रीति कुनै जानिएन
अधरको कम्पन थामिएन !
चौतारीमा भेट भएथ्यो………………….
जनम जनमको मिलनको प्यास
तातो श्वासको उच्छवास
अङगको तड्पन कम भएन
धैर्यको आधार केही रहेन !
चौतारीमा भेट भएथ्यो………………..
अधर अधर सँग साटिएछन
अङग शरीरका मातिएछन
स्वभाव बद्लियो शील रहेन
उन्माद छायो दिल रहेन !
चौतारीमा भेट भएथ्यो…………………..