म तिम्रै द्वारको भिखारी हुँ

तिमी साच्चै रिसाइ गएकी भए
हजार माफिका मेरा निबेदनहरु
हेरेर एकपल्ट तारिख देउ
म तिम्रै द्वारको भिखारी हुँ !

दु:ख मेरै कारण सहेकी भए
लाखौं याचनाका फिरादहरु
पढेर एकपल्ट मौका देउ
म तिम्रै द्वारको भिखारी हुँ !

दिल तिम्रो साच्चै दुखेको भए
मेरो दिलका करोडौ सुस्केराहरु
सुनेर एकपल्ट माफि देउ
म तिम्रै द्वारको भिखारी हुँ !

विश्वाश उठेको भए इश्वरमा तिम्रो
अनगिन्ती मेरा प्रार्थनाहरु
ग्रहणगरी मलाई विश्वाश गर
म तिम्रै द्वारको भिखारी हुँ !

तिम्रो प्रेमी मन घ्रीणामा डुबेको भए
मेरो मुटुका घाऊ असङख्य
हेरेर तिनलाई मलाई फर्काउ
म तिम्रै द्वारको भिखारी हुँ !

तिम्रो दिल म बाट मरेको भए
जिउदै मरेका मेरा क्षण प्रतिदिन
पुगेन भनी फिर्ता पठाउ
म तिम्रै द्वारको भिखारी हुँ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s