बस्तु होला तिम्रो लागी मेरो लागि भाव हो यो
रुन्छ हास्छ मर्छ बाच्छ जीवनको सार हो यो
जड् होला तिम्रो लागि मेरो लागि चेतना हो
सुख बुझ्ने पीडा बोक्ने कहिले जित हार हो यो
लेन देन ठुलो मान्छौ साटा साट भन्दा पनि
घाटा नाफा हिसाब गर्छौ मूल्यलाई ठुलो मानी
साथ बिछोड मेरो चासो जीवनको यात्रा भन्दा
प्रीतको मुल्य लगाउदिन सार खोज्छु मात्रा भन्दा
रगत फ्याक्ने संयन्त्र हो बिकल्प छ यस्को पनि
यही तिम्रो मान्यता हो नाप्छौ काम धड्कन गनी
मुटु होला तिम्रो लागि मेरो लागि हृदय हो
रंग होला तिम्रो लागि मेरो लागि तरंग हो