तिम्रो आफ्नो कथा होला ब्यथा बोक्न नसक्दाको
मेरा आफ्नै सुस्केरा छन पीडा झेल्न नसक्दाको
कसले बोक्छ आफैलाइ आफ्नो मन हतास हुँदा
हिउँ जम्छ छातीभित्र आँसु हुन्न अन्तर रुँदा
कहिले मैले तिमीसँग कारण सोधें बिग्रहको
दिलका टुक्रा जोड्दै सधैं कोशीस गरेँ संग्रहको
हार्नु मेरो नियती भो तिम्रो जीत अलग हुँदा
टुक्रा टुक्रा छुट्टीएर साथ टुट्दा जीवनको
आकाशको छानामुनी घर बन्यो पिरतीको
विश्वाशको जमिनमाथि शहर बस्यो संघर्षको
लय दिलको फरक भए किन मिल्थे भाखाहरु
एकअर्काको भाव बुझ्न आतुर हुन्थे आँखाहरु