मानवीय याैनिकता…३

बालबालिकाहरुलाई उमेर अनुसार जुन किसिमबाट यौन संग सम्बन्धित बिषय वा यौनिकताको बारेमा जानकारी दिइन्छ त्यसलाई यौन शिक्षा भनिन्छ !यौन शिक्षा मा यौन संग सम्बन्धित शारीरिक, मानसिक र सामाजिक व्यवहारका बिबिध बिषयहरु पर्दछन !

मनोबैज्ञानिक पक्ष
मानिसको यौन आचरणले ब्यापक रुपमा भावनात्मक र मनोबैज्ञानिक प्रतिक्रिया र प्रस्तुति लाइ जन्म दिन्छ !कतिपय दार्शनिकहरुले यौनिकतालाई मानविय व्यक्तित्वको केन्द्रिय पाटोको रुपमा व्याख्या गरेका छन् !
आधुनिक बिज्ञानमा सिग्मन्ड फ्रायड ले मनोबिस्लेषण को माध्यमबाट यौनिकताको अध्ययन गर्ने परम्परा शुरु गरे ! उनले बाल्यकालमा मानिसका उत्तेजना केन्द्रहरुको अध्ययन गर्दै यौन मनोविज्ञानको बिस्लेषणद्वारा ओडिपस र ईलेक्ट्रा कम्प्लेक्स जस्ता ग्रन्थीहरुको व्याख्या गरेका छन् !
ब्याबहार शास्त्री जोन बि वाटसन र बि एफ स्किनरले यौन क्रिया, तिनको प्रतिक्रिया र प्रभावहरुको बारेमा अध्ययन गरेका छन् !
यौन ब्यबहार
मानिसको यौन ब्यबहार सहज मनोरन्जनको खोजीको क्रममा एक वा सो भन्दा बढी आकर्षक यौन साथीको खोजी , उनीहरु बिचको अन्तर्सम्बन्ध र अन्तरक्रिया ,शारीरिक र भावनात्मक निकटता हुदै प्राक्क्रिदा,हस्तमैथुन र चरम आनन्द प्राप्ति को लागि सम्भोग संग सम्बन्धित अन्य क्रियाको सेरोफेरोमा प्रस्तुत र व्यक्त हुन्छा !
यौन आकर्षण
व्यक्तिको यौन अनुभूति वा अभिमुखीकरणले उसको आकर्षण को प्रति हुन्छ भन्ने निर्धारण गर्दछ ! आफ्नो यौनिक अभिमुखीकरण अनुरुप मानिसले परलिंगी ,समलिंगी वा उभयलिंगीका शारीरिक रुप , व्यक्तित्व र ब्यबहार बाहेक आवाज र गन्धबाट प्रभावित भएर आफ्नो यौन साथीको चुनाव गर्दछ !
सम्बन्ध बिकास
आफुले निकटतम सम्बन्ध स्थापना गर्न चाहेको व्यक्तिलाई आकर्षित गर्न उसले जानी जानी वा उसको अवचेतन मस्तिष्कले स्वतस्फुर्त रुपमा आकर्षित गर्ने प्रयास गर्दछ ! यौन साथीलाई आकर्षित गर्ने र यौन चाहना कायम राख्ने क्रममा उसले तल उल्लेखित चार चरण पार गर्नु पर्दछ !
क. जिस्किने
ख .आफूप्रति आकर्षित गर्ने
ग .एकान्तमा अन्तरंग भेटघाट गर्ने
घ. शारीरिक निकटता कायम गर्ने ; हात समात्ने ,अँगालो मार्ने ,चुम्बन गर्ने ,सुम्सुम्याउने आदि

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s