मानवीय याैनिकता…१

यौन
‘यौन’ यौटा बिशिष्ट स्वभाव हो जसले प्राणी जगतलाई दुइ भागमा विभाजित गर्दछ ! प्राणी भएपनि बनस्पतिमा यौन स्वभाव हुदैन तर जनावरमा यौन महत्वपूर्ण स्वभावको रुपमा रहन्छ !
यौनिकता
यौनिकता मानवीय अस्तित्वको केन्द्रिय तत्व हो !यो जन्म देखि मृत्युसम्म मानव जीवनको अभिन्न पाटोको रुपमा रहन्छ ! यौन, लिङ्ग अभिमुखीकरण र त्यसको भूमिका ,यौन अनुभूति ,यौन चाहना,यौन आनन्द, आकर्षण र सम्बन्धको विकास तथा बंश वृद्धिको सेरोफेरोमा मानवीय यौनिकताको अध्ययन गरिन्छ !यौटा मानिसको अर्को मानिस प्रति आकर्षणको बिबिधताको आधारमा यौनिकतालाई तल उल्लिखित चार प्रकारबाट व्याख्या गर्न सकिन्छ !
क .बिपरित लिंगीप्रति आकर्षित हुने (परलिंगी )
ख .आफ्नै लिंगको व्यक्ति प्रति आकर्षित हुने (समलिंगी )
ग.बिपरित लिङ्गी र समलिंगी दुवै प्रति आकर्षित हुने (उभय लिंगी )
घ .कसै प्रति कुनै किसिमको यौन आकर्षण नहुने (निरपेक्ष)
बंशवृद्धि वा सन्तान प्राप्ति संग मात्र सम्बन्धित नभै यसको प्रस्तुति र प्रयोग अन्य प्रयोजनको लागि पनि हुनेहुदा मानिसको यौन व्यवहारलाई अन्य जनावरको यौन ब्यबहार भन्दा फरक मानिन्छ ! त्यतिमात्र यौन ब्यबहार सम्भोग सम्म मात्र पनि सिमित हुदैन ! सम्बन्धको निरन्तरता र प्रेमको दार्शनिक र आध्यात्मिक पक्ष पनि मानविय यौनिकताको प्रखर पक्ष मानिन्छ !
“मानवीय यौनिकता ले मानिसको विशिष्ट स्वभाव “यौन “लाइ प्रभावित गर्ने सामाजिक ,सांस्कृतिक ,व्याबहारिक ,मनोबैज्ञानिक राजनैतिक कानूनी र दार्शनिक पक्षको पनि अध्ययन गर्दछ !नैतिकता ,मर्यादा ,आध्यात्मिक अनुभूति ,दार्शनिक दृष्टिकोण र धर्म र यौनको अन्तर्सम्बन्ध र त्यसको प्रभावको अध्ययन पनि मानवीय यौनिकता भित्रै पर्दछ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s