मानवीय याैनिकता..२

यौन को शारीरिक पक्ष र त्यसको संचालन
“मानविय यौनिकता “को शारीरिक पक्ष बंशवृद्धि अर्थात सन्तानप्राप्ति र सम्भोगको माध्यमबाट त्यो लक्ष प्राप्त गर्ने प्रयास सम्म मात्र सीमित हुन्छ भन्नु न्याय संगत हुदैन ! यौनिकताको अन्य पक्ष संग पनि सरोकार राख्ने जैविक तत्वहरु,स्नायु संवेदना र प्रतिक्रिया, बंसाणुगत गुणहरुको पुस्ता हस्तान्तरण,अन्तश्राव अर्थात हर्मोनको प्रबाह ,लैंगिक बिबिधता र यौन क्षमताको उतार चढावका बिषयहरु पनि यसै अन्तर्गत पर्दछन !
सन्तान प्राप्तिका लागी सामान्यतया पुरुषले स्त्रीलाई सम्भोगको लागि तत्पर बनाइ लिङ्ग लाइ योनि भित्र प्रवेश गर्नु र विर्य स्खलन गरेर गर्भ धारण गराउनु यान्त्रिक पक्ष मात्र हो जसलाई मैथुन भनिन्छ !
माथि उल्लेखित मैथुन को प्रक्रिया संगसंगै सन्तान प्राप्ति संग असम्बन्धित स्त्री पुरुष बिचको प्राकृतिक सम्बन्धका क्रममा घट्ने अन्य शारीरिक प्रक्रियाहरु पनि संग संगै घटी रहेका हुन्छन ! शारीरिक तापक्रममा उतार चढाव र आनन्ददायी वातावरण सृजना गर्ने अन्तश्राव वा हर्मोनको मात्रामा उतार चढाव आदि यसका उदाहरण हुन् !
सामाजिक सांस्कृतिक पक्ष
यौनिकतालाई यथास्थितिमा व्यक्तिको सामाजिक मूल्य मान्यता द्वारा निर्देशित सामाजिक जीवन संग जोडेर अध्ययन गर्न सकिन्छ ! सामाजिक सांस्कृतिक पक्ष बात आध्यायाँ गर्दा राजनीति र आम संचार माध्यम लगायत समाजका बिबिध पक्ष द्वारा स्थापित सामाजिक मूल्य मान्यताको व्यक्तिमाथि र व्यक्तिको त्यस्ता मान्यता प्रतिको प्रभावलाई आधार बनाउन सकिन्छ ! यस्तो अन्तरसम्बन्धले सामाजिक मूल्यमान्यता हरुलाई समय सापेक्ष रुपमा बृहत्तर परिवर्तन तर्फ पनि डोर्याउन सक्दछ ! यौन शिक्षाको क्षेत्रमा र नारी जागरण र अधिकार आन्दोलनको क्षेत्रमा बिगत दशकहरुमा भएको प्रगति यसका उदाहरण हुन् !
स्थापित यौन सम्बन्धि मान्यता र वर्ण, सम्प्रदायगत यौन धारणा बिचको अन्तर्सम्बन्धको अध्ययन भैरहेको छ ! बाल बालिकाहरुलाई उमेर अनुसार यौन सम्बन्धि बिषयहरुबारे जानकारी दिने पद्धती यौन शिक्षाको क्षेत्र हो !यौन शिक्षामा यौन व्यवहारका शारीरिक ,मनोबैज्ञानिक र सामाजिक पक्षहरुलाई समाबेस गर्नु पर्दछ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s