Human Sexuality——–4

यौन सम्बन्धि धार्मिक नैतिकता
संसारमा प्रचलित सबै धर्मले आफ्ना अनुयायीहरुको यौन क्रियाकलाप र व्यवहारलाई निर्देशित गर्न निश्चित मूल्य, मान्यता र नैतिक सीमाका सुत्रबद्ध सीमा निर्धारण गरेको हुन्छ !
बाल यौनिकता
सिग्मुन्द फ्रियदको यौन मनोबिश्लेषण भन्दा पहिले किशोर अवस्था भन्दा अघि मानिसमा यौन चेतना नहुने मान्यता व्याप्त थियो ! फ्रायद बाल बालिकाको यौन मनोविज्ञानको बारेमा गम्भीरता पुर्बक अध्ययन गरी आफ्नो बिचार स्थापित गर्ने पहिलो यौन मनोबिस्लेशक मानिन्छन ! दोस्रो बिस्व युद्ध पछि अमेरिकी यौन बिशेशग्य अल्फ्रेड किन्सेले पनि बाल यौन मनोविज्ञानको अध्ययन गरी बिभिन्न लेख प्रकाशित गरेका छन् ! ती लेख हरुमा बाल बालिकाहरु आफ्नो शरीर र यौन ब्यबहारबारे जान्न उत्सुक रहेका हुन्छन भन्ने उल्लेख छ !
किशोरावस्था र त्यसपछि यौनिकता
किशोर अवस्था देखि मानिसको यौन चेतना र ब्यबहार स्पष्ट रुपमा परिभाषित र प्रदर्शित हुन थाल्दछ ! त्यसपछि उमेर अनुसार उसका यौन सम्बन्धि प्राथमिकता र ब्यबहारमा परिवर्तन देखा पर्दछ ! उमेर बाहेक अन्य तत्व पनि स्त्री पुरुषको यौन जीवन र व्यवहारलाई प्रभावित गर्न महत्वपूर्ण हुन्छन ! मानिसको शारीरिक र मानशिक स्वास्थ्यको अवस्थाको यौन स्वास्थ्य संग सबैभन्दा प्रत्यक्ष सम्बन्ध रहन्छ ! यौन सम्बन्धि ग्यान र चेतनाको स्तर वृद्धि नहुदा बंश वृद्धि र सन्तान प्राप्तिलाई मात्रै मानिसले यौन स्वास्थ्यको अभिस्ट ठान्न पुग्छ ! बैज्ञानिक तथ्यरहित भ्रमपूर्ण यौन जानकारी लाइ बैज्ञानिक, तथ्यपरक र बस्तुनिस्थ यौन ग्यान र चेतनाले प्रतिस्थापित गर्न सकियो भने यौनिकता किशोर, युवा, प्रौढ ,बृद्ध- वृद्धा सबैको मनोशारीरिक स्वास्थ्यको केन्द्र बिन्दु हुन सक्दछ भने अर्कोतिर छाडापन र मर्यादाहीन यौन ब्यबहार ले व्यक्तिमा र अन्ततोगत्वा समाजमा यौन बिचलन र बिकृति फैलाउन सक्दछ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s