यौन बिज्ञान
यौन बिज्ञान मानविय यौनिकता ,मानिसका यौन सम्बन्धि प्राथमिकता ,यौन ब्यबहार र क्रियाकलापको बैज्ञानिक अध्ययन हो !
आधुनिक यौन विज्ञानको अध्ययनको क्रममा अनुसन्धानकर्ताहरु जीव शास्त्र,चिकित्शा शास्त्र ,मनोविज्ञान ,तथ्यांक शास्त्र,समाज शास्त्र र अपराध विज्ञानका सिद्धान्तलाई प्रयोग गर्दछन ! यौन विज्ञानले मानिसको यौन सम्बन्धि बिकास क्रम ,यौन सम्बन्धको स्थापना र निरन्तरता एबं सम्भोगको बिधिका बारेमा सूत्रबद्ध अध्ययन गर्दछ !यसले अशक्त ,अपाङ्ग ,बालबालिका, किशोर,प्रौढ तथा बृद्ध-बृद्धाको यौनिकताको बारेमा पनि अध्ययन गर्दछ !
ऐतिहासिक पृष्ठभूमि
अनुसन्धानमुलक बैज्ञानिक विशिष्टताको आधारमा यौन बिज्ञान तुलनात्मक रुपमा नया हो ! यौन र सम्भोग सम्बन्धि छिटपुट अध्ययन पौराणिक तथा प्राग ऐतिहासिक कालमा भएको भएता पनि मानविय यौन ब्यबहारको बैज्ञानिक अध्ययन इश्वीको उन्नैसौं शताब्दीबाट मात्र शुरु भएको मानिन्छ ! यूरोपमा राष्ट्र हरु विभाजित र एकीकरण हुने क्रम संगै यौन सम्बन्धि उदार धारणाले बनेका कानून र समलिंगी गतिबिधि जस्ता यौन ब्यबहारलाइ अपराधको रुपमा परिभाषित गरी बनेका कानूनको बारेमा प्रत्यक्ष र परोक्ष बहसले यौन विज्ञानको अध्ययनको जग हाल्यो !
त्यस समयमा जर्मन समाजले यौन सम्बन्धि उदार नेपोलिंबादी धारको प्रतिनिधित्व गर्दथ्यो गर्दै यौन शास्त्रको चर्चा र अध्ययन बिरोधि कट्टरपन्थी बिचारको संगठित प्रतिरोधको लागि मार्ग प्रशस्त गर्ने गर्दथ्यो !
उता संयुक्त राज्य अमेरिकामा अल्फ्रेड किन्सेले इश्वी सन् १९३३ मा ० देखि ६ को यौटा मापदण्ड तैयार गरे ! यो मापदण्ड अनुसार ० भनेको पूर्णरुपमा परलिंगी व्यक्तिको स्वभाव हो भने ६ भनेको पूर्ण रुपमा समलिंगी मनोविज्ञान हो ! सन् १९४८मा प्रकाशित उनको “सेक्षुअल बेहेविअर इन ह्युमन मेल’ र १९५३मा प्रकाशित “सेक्षुअल बेहेविअर इन ह्युमन फिमेल” भन्ने पुस्तकले सन् साथीको दशकको ‘यौन जागरण ‘ को मार्गदर्शन गरेको मानिन्छ !
यौन ब्यबहारको अध्ययनमा जर्मन समाजको प्रभाव र योगदान नाजी शक्तिको उदय संगै अन्त भयो ! हिटलरको उदय पछि सेक्सुअल विस्सेन क्राफ्ट नामक यौन बिज्ञान अध्ययन संस्थान लाइ तहस नहस पारियो !दोस्रो विश्व युद्ध पछि संयुक्त राज्य अमेरिकामा यसको पुनरुत्थान शुरु भयो र यौन ब्यबहार ,यौन प्रतिक्रिया र यौन शिथिलताको बिषयमा भएका अध्ययन र अनुसन्धानले यौन चिकित्शा को बिकास गर्न मद्दत गर्यो !
सन् १९८० रक त्यसपछि HIV/एड्स पत्ता लागे पछि यौन र यौन ब्यबहार सम्बन्धि अध्ययन, अनुसन्धान प्रति विश्वकै चासो बढ्यो !