Human Sexuality……………………………….6

इतिहासको बिभिन्न काल खण्डमा यौन शास्त्र
पुरातात्विक (पौराणिक र प्रागैतिहासिक ) ओविद्को “आर्स आफ़तोरिआ, ” वात्स्यायनको ‘कामसूत्र ” “अनंग रंग ” र “आत्माको पुनर्प्राप्तिको लागि सुगन्धित बगैचा ”
जस्ता कृतिहरु प्रकाशित भएतापनि यौन विज्ञानको बैज्ञानिक र चिकित्सकीय अनुसन्धानको सुत्रबद्ध अध्ययन सुरु हुन सकेन !
दोस्रो बिस्वयुद्ध अघि
अलेक्जान्दर जिआन बाप्तिस्त प्यातेंत द्वारा सन् १८३७ मा प्रकाशित “दे ला द्दंस ला विला दि प्यारिस ” (पेरिस शहरमा बेश्याब्रिती ) नामक पुस्तकमा सो समयमा
पेरिसमा दर्ता भएका ३५८८ जना नगरबधु हरुको तथ्यांक प्रकाशित गरिएको थियो !
सन् १८८६ मा रिचार्ड भन क्राफ्ट ईविंगले “साइकोप्याथिया सेक्षुआलिस ” भन्ने पुस्तक प्रकाशित गरेका थिए !
सन् १८९७मा बेलायेती यौन बैज्ञानिक हेव्लक एलिसले समलिंगीहरुको बारेमा अंग्रजी भाषामा प्रकाशित पहिलो पाठ्यपुस्तक “सेक्षुअल इन्भरसन “को प्रकाशन गरेका थिए !
सन् १९०८ मा यौन बिज्ञान सम्बन्धि पहिलो बैज्ञानिक जर्नल (पत्रिका ) को प्रकाशन शुरु गरे ! उक्त जर्नलको नाम “जित्श्रीफ्त फर सेक्षुअल विस्सेंक्राफ्त” थियो !यसका बिभिन्न अंकहरुमा “सिग्मुन्द फ्रायद”,अलेक्जेन्डर अद्लर र विल्हेइम स्तेकेल द्वारा लिखित अनुसन्धानमुलक लेखहरु प्रकाशित हुने गर्दथे !
सन् १९१३मा “सोसाइटी फर सेक्षोलजि “भन्ने पहिलो प्राज्ञिक सामाजको स्थापना गरियो !सिग्मंद फ्रायादले शरीरका उत्तेजक केन्द्रहरु र त्यसको समय सहितका चरण हरुको व्याख्या गरे !उनले यस क्रममा मुख ,गुदा,सुषुप्त र यौनांग गरी चार संबेदनशील केन्द्र र चरणको उल्लेख थियो ! फ्रायाद्का अनुसार मानवीय यौन ब्यबहार्हरु उसका अवचेतन प्रेरणा द्वारा प्रेरित हुन्छन !यो उर्जालाई उनि ‘लिबिदो “भनी परिभाषित गर्दछन !यस्तो दमित यौन उर्जाले कसरी अन्य रुपमा आफुलाई प्रस्तुत गर्दछ भनी उनले व्याख्या गर्ने कोशिश गरेका छन् !
सन् १९१९मा म्यागनस हर्स्फेल्दले बर्लिनमा इन्स्ती च्युत फर सेक्षुअल विस्सेंक्राफ्तको स्थापना गरे !त्यसको पुस्तकालयमा २० हजार भन्दा बढी पुस्तक र ३५ हजार फोटो लगायत थुप्रै कलाकृति र अन्य सामाग्रीहरु संग्रहित थिए ! जर्मनीमा सन् १९३३ क० ८ मे मा नाजी सत्ता स्थापना भएपछी तिन महिनाको समयमा यसलाई तहस नहस पारियो !हर्स्फिल्दले “परलिंगी” भनी मानिएका पुरुस र स्त्री का थुप्रै यथार्थ र ब्यबहारिक बिबिधता लाइ अध्ययन द्वारा परिभाषित गरेका थिए !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s