योनी संकुचन

योनी संकुचन

सम्भोगको बेला वा चिकित्सकीय परिक्षणको लागि आवस्यक अवस्थामा योनी वरीपरिका मांशपेशीहरूमा स्वतःस्फूर्त खिंचाव उत्पन्न हुने र योनिद्वार नखुल्ने अवस्थालाई योनी संकुचन भनिन्छ।योनी संकुचन भएको अवस्थामा सम्भोगकोलागि लिङ्ग प्रवेश गर्दा अथवा चिकित्सकीय परिक्षणको लागी औंला वा अन्य कुनै उपकारण प्रवेश गराउन खोज्दा स्त्रीले पीडा अनुभव गर्दछे र असहज परिस्थिति उत्पन्न हुन्छ ।

योनी संकुचनका कारणहरु

योनी संकुचन निम्नलिखित कारणले देखा पर्न सक्दछ-
क.मानसिक वा स्वाभाविकः-डर,पूर्वतयारी अथवा प्राक्क्रीडाको कमी वाअभाव,त्रास,आसङ्का,जबर्जस्ति र अवान्छित सम्भोग तथा चिकित्सकीय परीक्षणका लागी मानसिक रूपमा तैयार नभएको अवस्थामा स्वाभाविक योनी संकुचन हुन्छ ।
त्यस्तै समनकारक औषधी वा नसालु पदार्थको अत्याधिक प्रयोग गरेको अवस्थामा पनि योनी संकुचन हुन्छ।
होस नभएकी वा अवसाद(डिप्रेसन)अथवा अन्य मानसिक विकार एबं बिचलन द्वारा प्रभावित स्त्री पनि योनी संकुचनको समस्याले ग्रस्त हुन सक्छे ।

बाल्यकाल,किशोर अवस्था वा कुनै पनि उमेरमा बिगतमा भएका यौन दुर्व्यवहारका कारण पुगेकाे मानसिक आघातका कारणले पनि योनी संकुचन हुने गरेको पाइएको छ ।

सामाजिक,सांस्कृतिक धार्मिक वा व्यावहारिक कारणले सबैखाले याैन व्यबहारप्रतिको नकारात्मक धारणाले पनि योनी संकुचनको अवस्था निम्त्याउन सक्छ ।

ख.शारीरिक वा स्वबिकसितः-मानसिक रूपमा पूर्ण स्वस्थ र सहजता महसूस गरिरहेकी स्त्रीमा पनि शारीरिक अस्वस्थताको कारणले योनी संकुचन देखिन सक्दछ । मानसिक अवस्था वा जन्मजात नभै यसको कारण पछि बिकसित हुनेहुँदा यस्तो योनी संकुचनलाई स्वबिकसित योनी संकुचन पनि भनिन्छ ।
शारीरिक योनी संकुचनका लागि जिम्मेवार कारण
मध्ये मानिसको ढाडमा हुने सुषुम्ना नाडीमा चोट पटक लागी योनीमा सम्बेदन हीनताको अवस्था, अर्बुद वा क्यान्सर रोगको उपचारकाे क्रममा रेडियाेथेरापीको दुश्प्रभाव,मल्टिपल स्क्लेरोसिस तथा अन्य स्नायु सम्बेदना ह्रास गर्ने रोग पर्दछन । मधुमेहले पनि स्नायु चेतनामा ह्रास ल्याएर यो अवस्था निम्त्याउन सक्दछ ।
प्राथमिकरूपमा माथि उल्लेखित मानसिक र स्नायुचेतना घटाउने कारणहरूकाे भूमिका योनी संकुचनको लागि बिकसित समाजमा बढी हुन्छ भने हाम्रोजस्तो अल्पबिकसित र यौन तथा यौनाङ्गको सरसफाई र ज्ञानको प्रचार प्रसार कम भएको समाजमा यौनजन्य सरुवारोग अथवा स्थापित रूपमा चिनिएका यौनजन्य रोग बाहेक अबिशिष्ट बिशाणु, किटाणु वा परजिवीको कारणले हुने योनी,योनीद्वार अथवा पाठेघरको मुखको संक्रमणका कारणले हुने “नितम्ब सोथ” (अङ्ग्रेजीमा पि.आइ .डि.) को कारणको भूमिका योनी संकुचनको लागि सबैभन्दा बढी जिम्म्मेवार कारण भएको पाइएको छ ।

महिनावारी बन्दहुने उमेर पुगेका प्रौढ स्त्री तथा क्यान्सर वा क्यान्सरको चिकित्सा लगायत अन्य कारणले अन्डाशय अथवा पाठेघरको शल्यकृया गरिएका अथवा विकिरण(रेडियो थेरापी)गरिएका जुनसुकै उमेर समूहका स्त्रीहरुमा योनीको भित्ताबाट यौनचाहना बिकसित हुँदा निस्किने चिप्लो पदार्थको श्राव कम हुनेहुँदा योनी संकुचन हुन सक्दछ ।

निदान

योनी संकुचनको निदानका लागि प्रभावित स्त्रीसङ्ग चिकित्सकले अन्तरङ्ग वार्तालाप (काउन्सेलिङ्ग)को क्रममा प्रभावित व्यक्तिको आनीवानी, मानसिक स्थिती,पारिवारीक संरचना,दाम्पत्य वा अन्य सम्बन्ध र यौन स्वास्थ्यका अरू बिबिध आयामबारे आफ्नो जानकारी अद्याबधिक बनाउनु जरूरी हुन्छ । त्यदपछि प्रभावित स्त्रीकाे याैन स्वास्थ्यको शारीरिक स्थिति स्पष्ट गर्न अावश्यक रगत,पिसाव र योनीबाट स्वाब निकाली संक्रामक तत्व र संक्रमण भए नभएको निर्क्यौल गर्नु जरूरी छ !
अल्ट्रासाउन्ड,एक्स रे तथा एम. आर. आइ. लगायत स्नायु सम्बेदनाको स्तर पत्ता लगाउन गरिने सबै किसिमका परिक्षण गर्नु आबस्यक हुन्छ ।
पहिले कुनै शल्यकृया भएको भए वा परीक्षणको बेला अन्यकुनै कारण पत्ता लाग्न नसकेको अवस्थामा तथा सबै प्रौढ स्त्रीहरुमा स्त्री हार्मोनको मात्रा रगतमा मापन गर्नु जरूरी हुन्छ।

निराकरण

योनी संकुचनको निराकारण कारण अनुसार गरिन्छ । शारीरिक वा बिकिसत योनी संकुचनको निराकरण गर्ने क्रममा पहिले स्नायु चेतनाका नसाहरूमा चोटपटक लागेर संवेदना रहित भएकाे वा नभएकाे छुट्ट्याउनु पर्दछ। स्नायुमा क्षति भएको अवस्थामा स्नायुचिकित्सक वा स्नायु शल्य चिकित्सक संग याैन चिकित्सकको सहकार्य बढी फलदायी हुन्छ । हर्मोनको असन्तुलन र मधुमेहका कारण हुने याेनी संकुचनको निराकरणमा याैन चिकित्सक र अन्तस्राव विशेषज्ञ (इन्डोक्राइनोलजिस्ट) बिचकाे सहकार्य उपयुक्त हुन्छ। मानसिक कारणबाट हुने योनी संकुचनको निराकरणमा यौन चिकित्सक र याैन मनाेचिकित्सकको सहकार्यले वान्छित परिणाम दिन्छ ।
संक्रमणको कारणले हुने योनी संकुचनको निराकरण यौन चिकित्सक वा स्त्री राेग विशेषज्ञ द्वारा गराउनु राम्रो हुन्छ ।

सबै किसिमका योनी संकुचनकाे निराकरणका लागि गरिने थेरापि (बिशेष किसिमका अभ्यास)का लागि यौन थेरापिस्टको सहयोग जरूरी हुन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s