नबोल नबोल अब मसंग नबोल
झुठा दिलका कुरा मसंग नखोल
रहेनौ अब तिमी बिश्वासको लायक
मेरो जिन्दगीमा अरु बिष नघोल
सहारा थियौ मेरो भरोसा थियौ
एकान्तका आँसु फकाई पियौ
असह्य बेदनाको भकारी दियौ
झुक्याई मनको शान्ति खोसेर लियौ
कहाँ छ कहाँ सपनाको संसार
संगसंगै कल्पनामा घुमेको संसार
देखेका त्यो सपना भत्काएर गयाै
आंगनको फूलवारि उजाडेर गयाै
नबोल…नबोल..