स्वप्न दोष
स्वप्न दोष सस्कृतबाट नेपाली भाषामा आएको तद्भव वाक्यांश हो ।
अलग अलग विश्लेषण गर्दा स्वप्न भन्ने शब्दले निदाएको बेलामा देखिने सपनालाई बुझाउँछ । त्यस्तै दोष शब्दले यस्तो विशेष अवस्था बुझाउँछ जो कुनै अज्ञात कारणवस घटित भएको छ र जसले व्यक्तिलाई क्षति पुर्याउँछ । तर सामान्य बोलचालमा यो वाक्यांश निदाएको बेलामा वीर्य स्खलन भएको स्थितिलाई बुझाउन प्रयोग गरिन्छ ।
दोष शब्द प्रयोग हुनु सम्भोगको बेला बाहेक अन्य कुनैपनि बेला वीर्य निष्काशन हुनु शरिरको लागि हानीकारक हुने त्यसबेलाको सांस्कृतिक मान्यता अनुसार हो । वीर्य बन्ने र शरिरबाट यसको निस्कासन कतिबेला हुने,कतिबेला र कस्तो अवस्थामा यस्को संचय हुने भन्नेकुरा व्यक्तिको उमेर,उसको शरिरमा पुरुष हार्मोनको सकृयताको अवस्था र संभोग वा अन्य स्वाभाविक वीर्य निष्कासनको सम्भावना भए, नभएको अवस्थाले निर्धारण गर्ने बैज्ञानिक तथ्य त्यतिखेर उद्घाटित भएको थिएन र भएको अवस्थामा पनि त्यस्तो विचारले मान्यता पाउने सम्भावना थिएन । त्यतिखेर मानवीय यौनिकताको अध्ययन यति बिस्तृत र बैज्ञानिक धरातलमा भएकाे थिएन । किशोर अवस्था र युवावस्थाको पुरुष जसको न कुनै याैन साथी छ न उसलाई हस्तमैथुनको लागि सहज वातावरण उपलब्ध छ;यदि सुतेको बेला कामोत्तेजक स्वप्नको कारणले स्खलित हुन्छ भने त्यो स्बाभाविक हो र यसमा कुनै दोष छैन भन्ने ज्ञान यश उमेरका किशोर तथा युवाहरूलाई दिन सकिएन भने उनीहरू यो स्वभाविक घटनालाई आफ्नो भाग्य वा कुनै दुसाध्य रोगको दोष ठानेर उनीहरू मानसिक कुण्ठाले ग्रस्त भईरहन्छन् र अवसादग्रस्त भएर पढाइ वा काममा सुस्त हुने संभावना रही रहन्छ । स्वप्न दोष हुँदा भएको स्खलनमा सामान्यतया झोल पदार्थको मात्रा बढी हुन्छ र वीर्यको ठोस भाग अर्थात शुक्रकीटको मात्रा कम । वीर्य थैलीमा जम्मा भएको वीर्य थैलीको भित्ताबाट हुने श्राव र पौरुष ग्रन्थीबाट निस्कने रस यस किसिमको स्खलनमा बढी हुन्छ जसको स्खलनको लागि धेरै मांसपेशीको संकुचनको अावश्यकता पर्दैन।संभोगमा जस्तो चरमोत्कर्षमा पुग्दा हुने नितम्ब र अंडाशयका मांसपेशीको संकुचन नहुने हुँदा अंडकोष र वीर्य प्रवाहिनी नलीमा रहेका परिपक्व र परिपक्व हुने क्रममा रहेका शुक्रकीटहरू यस्तो स्खलनको बेला मूत्रनली सम्म पुग्ने सम्भावना कम रहन्छ र स्खलन हुँदा त्यसमा
शुक्रकीटको मात्रा पनि नगण्य वा शून्य पनि हुन सक्दछ ।