गाजल लगाउँदा राम्रा

गाजल लगाउँदा राम्रा नलगाउँदा अझ राम्रा
ति आँखाले देख्ने सपना साझा हुन हाम्रा
परेली झुकाउँदा राम्रा नझुकाउँदा अझ राम्रा
परेली भित्र लुकेका तस्वीर धेरै छन हाम्रा

नसालु भाव बोकेको नजरको इसारा तिम्रो
चंचल हेराईले शितल प्रेमको सहारा तिम्रो
प्राप्तिको सुखमा बज्ने सपनाको धुन बोकेर
अनन्त प्रेमको मिठास आउनु तिमी लिएर
गाजल…

घामले तताउँदा रातो नतताउँदा अझ रातो
सुन्दर तिम्रो मुहार लाजको लालीले रातो
टीका ढल्काई निधारमा लहराई केशरासी
चम्किन्छन दन्तपंक्ति हेर्दा तिमीले हाँसी
गाजल…

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s