फेसबुकमा फोटो पोस्ट गर्न नभुल्नु
महिनैपिच्छे आईएमईमा पुग्न नभुल्नु
सपनामा भेटी मलाई चुम्न नभुल्नु
मलमा गएर उपहार किन्न नभुल्नु
हरेक पल तिमीलाई सम्झी बाँचेकी छु
रोएपनि भित्र मन बाहिर हाँसेकी छु
सम्झी मलाई मनमनै झुम्न नभुल्नु
एकान्तमा फोटो हेरी चुम्न नभुल्नु
फेसबुकमा…
फर्किएर आउने दिन गनी बसेकीछु
प्रियतमले रीन सब तिर्छन भनेकीछु
बिवशताको खोल फाल्छन भनेकीछु
मुक्ति दिलाई मलाइ लान्छन भनेकीछु
फेसबुकमा…