प्रतिनिधि कथा

सप्तरी जिल्लाको कंचनरूप नगरपालिकाकाे बाह्र नम्बर वडा स्थित हाईवे साईडमा रहेकाे धर्मेश्वर अस्पतालकाे ईमरजेन्सी रूममा त्यसदिन डा. ईसरकाे ड्युटी थियाे ।

भारदहमा एक्सिडेन्ट भएकाे माेटरसाईकल दुर्घटनाका दम्पतिकाे ड्रेसिंग सकेर उनी उठ्न मात्र के लागेका थिए चार पाँच जना किशाेरहरू एउटी किशोरीलाई झल्लनटट्टु पार्दै बाेकेर ईमर्जेन्सी कक्षभित्र प्रवेश गरे। त्यसरी बाेकेर ल्याइएकी किशाेरीले हलुका नीलाे अाकाशे रंगकाे सर्ट र गाढा नीलाे रंगकाे स्कर्ट लगाएकी थिइ ।झट्ट हेर्दा उसकाे त्याे पहिरन कुनै स्कूलकाे युनीफर्म जस्ताे लाग्दथ्याे ।

किशाेरीलाई ल्यााउने मानिसहरू पनि त्यही रंगकाे पहिरनमा सजिएका थिए । बाेक्ने चार पाँच जना मात्र भएपनि उनीहरूकाे पछाडि उस्तै लिवासमा एक हुल किशाेर किशाेरीहरूकाे लर्काे इमरजेन्सी भित्र प्रवेश गर्याे ।

बाफ रे कति धेरै मान्छेहरू। प्यासेन्टलाई यहाँ राखेर एक,दुई जना बाहेक अरू सबै बाहिर जानुस ।डा.इसर भिडतिर हेर्दै च्याँठ्ठिए।

सिरियस छ सर । ढिलाे भैसक्याे । बिरामीलाई हेरनुस न हामी केही डिस्टर्व गर्दैनाैं। भिडबाटै एउटा ठिटाे कुर्लियाे।

यस्ताे भिडमा बिरामी हेर्न सकिंदैन । हावा पनि पास नहुनेगरीकाे भिडमा कसरी डाक्टर र बिरामीले सास फेर्ने।तपाईं हरू बाहिर नजाने भए म बाहिर गै दिन्छु।तपाईंहरूनै हेर्नुस बिरामी । डा.इसरले अाफ्नाे धम्कीयुक्त अस्त्र प्रहार गर्दै त्यसको प्रभाव हेर्न अाफ्नाे घाँटी सारसझैं तन्काएर भिडकाे सरसरति निरिक्षण गर्न भ्याए ।

डाक्टर साब प्लिज त्यसाे नभन्नुस । म ई सबैलाई बाहिर पठाउँछु। किशोर किशाेरी हरूकाे हल्लाकाे बिचबाट एउटा गहकिलाे अावाज अायाे ।

डा.इसरले अाफ्नाे तन्किएकाे घाँटी अावाजतिर घुमाएर त्यसलाई नियालेर हेरे । तपाईं अगाडि अाउनुस। अनि सबैलाई बाहिर जान भन्नुस। त्यसपछि प्यासेन्टलाई झ्याईंकुटु पारेर ल्याएपछि भएको याे सम्बाद सुन्दै अघिदेखि छक्क परेर उभिएका केटाहरूतिर फर्केर दाहिने हातकाे चाेरी अाैंलाले एउटा खाली बेडतिर इसारा गर्दै भने ए बाबु हाे तिमीहरू बिरामीलाई त्याे बेडमा राख।

केटाहरूले प्यासेन्टलाई त्यही बेडमा राखे।

गहकिलाे अावाज अगाडि अायाे । अधेड उमेरकाे तालु अनिअाधा खुइलिएकाे बैजनी रंगकाे हाफ टिसर्ट र निख्खर कालाे रंगकाे फुलप्यान्ट लगाएकाे त्याे मानिस डा. नेरी पुगेपछि फेरि भिडतिरै फर्केर अादेशात्मक स्वरमा बाेल्याे।तिमिहरू सबै बाहिर जाअाे।प्रतिभाकाे भलाे चिताउने साथीहरूलेनै उसलाई अप्ठयाराे पार्न मिल्दैन । क्लासमा उ संगै बसेकी र बिरामीकाे बारेमा सबै घटना डा.साबलाई बताउन सक्ने निलिमा एक जना मात्र यहाँ बस ।म पनि बाहिर‌ै बस्छु।ठिक छ?

ठिक छ सर ।भिड एकैसाथ लयबद्ध रूपमा बाेल्याे।

डा.इसरकाे घैंटामा झलमल्ल घाम लाग्याे। ई सवै केटाकेटीहरू स्कुले बिद्यार्थी रहेछन।तालुखुइले तिनीहरूकाे शिक्षक रहेछ ।अहिले बिद्यालयमा पढाउँदै गर्दा बिरामी परेकी बिद्यार्थीलाई उपचार गराउन लिएर अाएका रहेछन।

बल्ल डा.ले बिरामीतिर फर्किने माैका पाए । इमरजेन्सी बेडमा लमतन्न परेकी प्रतिभा नामकि त्याे किशाेरी पानी बिनाकाे माछा जस्तै छटपटाई रहेकी थिई । यही अप्ठयाराे सहन नसकेर हाेला उसका दुवै अाँखाबाट अविरल अाँसुका धारा बगिरहेका थिए। उसकाे श्वास प्रस्वासमा सारै अप्ठ्यारो परेकाे जस्ताे उसले छाेटाे छाेटाे सास फेरेकाे र घाँटीका नसा र मांशपेशी तन्केकाे र फुलेकाे बाट स्पष्ट देखिन्थ्याे।अर्ध चेतन अवस्थामा उ नबुझिने गरि के के हाे बडबडाई रहेकी थिई। उसले बर्बराएका धेरैजसाे शब्दहरू नबुझिए पनि ध्यान दिएर सुन्दा म मर्छु र प्लिज नछाड भन्ने दुईवटा वाक्यांश उसले पटक पटक दाेहाेर्याएकाे पाईन्थ्याे।

बिरामीकाे नाडी,रक्तचाप, स्वासप्रस्वासकाे गन्ती, मुटुकाे धडकनकाे गन्ती, रगतमा अक्सीजनकाे प्रतिशत अादि प्रारम्भिक सबै जाँचपछि नर्सले त्यसकाे जानकारी डा.इसरलाई दिएपछि उनलेे केही जाँच फेरि अाफैं दाेहाेर्याएर गरे।त्यसपछि लामाे सास तानेर नजिकै उभिएकी बिरामी कुरुवा निलिमा तिर फर्केर साेधे यश अघिपनि कहिल्यै यस्ताे भएकाे थियाे ?

एक्कासी अाएकाे डाक्टरकाे याे प्रश्नले निलिमा पहिले त अलि अकमकाई । तर एकैछिनमा उसकाे अात्मविश्वास फर्क्याे।जवाफ दिई यस्ताे सिरियस त कहिले पनि भएको थिएन।

सिरियस माने ? अरूबेला पनि अलि अलि हुन्थ्याे भन्न खाेजेकाे हाे।

हलुका सास फेर्न गार्हाे हुने। जिउ फतक्क भएर बेहाेस हुँला जस्ताे हुने,कपाल दुख्ने,वाकवाकी अाउला जस्ताे हुने पहिले पनि कहिलेकाहीँ हुने गर्थ्याे।

कुनै खास माैसम जस्ताे पानी पर्दा,धुलाे उड्दा,धुवाँ उड्दा,हावा हुण्डरी चल्दा त्यस्ता लक्षणहरू बढी देखिने गरेकाे हाे ?

त्यस्ताे त केही थाहा छैन ।हाेइन त्यस्ताे हाेइन।

फेरि एकपटक साेचेर भन । कस्ताे अवस्थामा उसलाई त्यस्ताे लक्षण अाउँथ्याे ? अथवा लक्षण अाएपछि उसमा अरू के परिवर्तन अाउँथ्याे ?

एक छिन साेचेपछि निलिमा फेरि बाेल्न लागि कसैसंग झगडा परेकाे बेला । अाफूले चाहे वा खाेजेकाे कुरा नपाउँदा,कुनै कुरामा चित्त नबुझ्दा रून मन लाग्ने, छिन छिनमा पिसाव अाउने, सास फेर्न गार्हाे हुने, जिउ शिथिल भए जस्ताे भयाे भनेर गर्दा गर्दैकाे जस्ताे जरूरी कामपनि छाेडेर सुत्नजाने उसकाे बानी थियाे।

तर यस्ताे सिरियस त उ कहिले पनि भएकी थिइन ।

तिम्राे र उसकाे चिनजान कहिले देखि हाे ?

बच्चै देखि हाे। स्कूल जान एकै पटक शुरू गरेकाे।

हुँ! लामाे निश्वास छाेड्दै डा. इसर केही बेर टाेलाए।

एकछिन पछि फेरि प्रश्न तेर्स्याए ।

अहिले तिमीहरू कति क्लासमा ?

दस क्लासमा ।

अाज कसरी यस्ताे भयाे।अर्थात कसरी शुरू भयाे ?

अाज बिहान उसले स्कूल अाउनै मानेकी थिइन । मलाई अरूबेला जस्तै सास फेर्न गार्हाे हुन खाेज्दैछ।

जिउ शिथिल हुँदैछ । रून मात्र मन लाग्छ भन्दै थिई ।अाज म्याथकाे काेचिंग क्लास छ।हामी दुवै जना म्याथमा कमजाेर छाैं जाउँ भनेर म‌ैंलेनै करले लिएर अाएकी।

घर कति टाढा छ दुव‌ै जनाकाे ?

नजिकै छ ।ओल्लाे घर पल्लाे घर ।

अनि क्लासमा के भयाे ?

हाफ टाईम सम्म ठिकै थियाे। उ बिहान घरमा भन्दा स्कूलमा अाएपछि बिस्तारै नर्मल हुँदै थिई ।हाफ टाईम पछि उ बाहिरबाट क्लासमा अाउनासाथ एक्कासी बेहाेस हुन लागें, मलाई पिसाव फुस्केला जस्ताे भयाे ;बाथरूम जाउँ भनी । बाथरूम पुगेपछि पिसाव लाग्ला जस्ताे हुन्छ ।तर आउँद‌ैन एक छिन यहीं बसेर हेराैं भनेर हामी अरूकुरा गर्न लाग्याैं । कुरा गर्दा गर्दै धुरू धुरू रुनथाली।अनि एक्कासी सास फेर्न गार्हाे भाे, बाेल्न पनि सक्दिन भन्दा भन्दै अचेत भई ।

अाज हाफटाईमा तिमीहरूले के टिफिन खायाै ? घरबाट लगेकाे कि हाेटेलकाे ?

म त अाज हजुरबाकाे श्राद्ध भएकोले टिफिनमा खाना खान घर गएँ ।

अनि प्रतिभा नी ?

निलिमा अलि अकमकाई ।

किन के भाे ? डाक्टरले र्याखर्याख्ति पारेर उत्तर माँगे।

मैले त उसकाे अवस्था बुझेर मसंगै घर जाउँ भनेकि थिएँ ।तर उ मानिन । उस्कै अर्काे साथीसंग गई ।के खाई कुन्नी थाहा भएन ।

काे अर्काे साथी ? यहाँ अाएकाे छ ? बाहिर भए बाेलाउ ।

हाेइन डा. साब । त्याे अब यहाँ नअाउने रे ।

किन के भाे ? सबै अाएका छन ।यस्ताे बेलामा उ चैं किन नअाउने ?

निलिमा निशब्द भई । बाेल्न सकिन ।

डा. छक्क परे। किन जवाफ नदिएकाे ?

भै गाे सर छाेड्दिनु । व्यक्तिगत कुरा छ । त्याे कुराकाे यस घटनासंग कुनैपनि सम्बन्ध छैन ।

कुन कुराकाे के संग सम्बन्ध छ कि छैन कसरी थाहा पाया‌ै तिमीले ?कस्ताे व्यक्तिगत ? कस्काे व्यक्तिगत ?कसले भन्याे तिमीलाई ?

दिपककाे । उसैले भनेकाे ।

काे दिपक ? कसकाे कुरा गर्दैछ्याै तिमी ? हाेसमा त छ्याै ?

दिपक । प्रतिभाकाे एक्स ब्वाईफ्रेण्ड।

एक्स ब्वाई फ्रेन्ड ?

हाे डा.साब उनीहरूकाे रिलेसनमा खटपट चल्दै थियाे ।अाज टिफिन टाइम देखि ब्रेकअप भएछ । निलिमाले रून्चे स्वरमा भनी।

किन ?

दिपककि एक्स गर्ल फ्रेन्ड निकितासंग उसकाे प्याच अप भएकाेले ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s